काठमाडौं, चैत २०- स्थानिय वायुको प्रभावका कारण देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ।
यस्तै राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ केही ठाउँमा चट्याङ तथा असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रिमनसुन चलिरहेकाले बिहान मौसम खुलेको भएता पनि दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ र हुरीबतास सहित पानी पर्ने गर्दछ ।
FACEBOOK COMMENTS