काठमाडौं, बैशाख २- सरकारले लकडाउनको अवधि थपिदैं गएपछि सर्वसाधरणलाई अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि आजबाट ई -पासको व्यवस्था गरेको छ।
गृह मन्त्रालयले खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई पास लिन सकिने जानकारी दिएको छ।
सोमबार एक कार्यक्रमको आयोजना गरी गृह मन्त्रालयले यस कुराको जानकारी दिएको हो । गृहमन्त्रालयले ईपास को लागि अलग्गै पोर्टलको विकास गरेको छ। यसैमा भरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ।
यो https://epass.moha.gov.np/ डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिनेछ।
डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिनेछ।
FACEBOOK COMMENTS