काठमाडौं, बैशाख ३०- लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबार (आज)देखि नियमित सञ्चालनमा आउने भएको छ ।आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न निर्देशन दिएको छ ।
धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।
सेयर बजारको गुनासो ब्यवस्थापनका लागि नेप्सेले ‘हेल्प डेक्स’ स्थापना गरेको छ । कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS