काठमाडौं, भदौ २३ – आजबाट ३ दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकको, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
सरकारले करदाताहरुलाई भदौ २५ सम्म राजश्व तिरिसक्न समयसीमा दिएको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने, तथा करदाताहरुलाई सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो।
अहिले बैंकले एकदमै कम शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।
FACEBOOK COMMENTS