काठमाडौँ ,११ फागुन-आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।
त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।
उनले आफ्नो ६९औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका थिए। गरेका थिए।
FACEBOOK COMMENTS