काठमाडौं, बैशाख २ – लकडाउनको अवधि थप गर्ने लगायतका बिषयमा छलफल गर्न मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेदाँ प्रधामन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो ।
बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।
सरकारले तेस्रो पटक बढाएको ‘लकडाउन’ अवधि बुधबार सकिँदै छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत ११ चैतबाट ‘लकडाउन’को घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS