काठमाडौं, फागुन ४- आज देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका भने एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ४ गते (आईतबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ५ गते (सोमबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ६ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS