काठमाडौं, फागुन १० – आज दोहोरो अंकले बजार घटेपनि ८ कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ ।
आज आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ । आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
FACEBOOK COMMENTS