काठमाण्डौँ — चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ४९ अर्ब ११ करोड वस्तु तथा सेवा नेपाल भित्रिएको छ।
फागनु मसान्तसम्मको आयात गत आवको सोही अवधिको तुलनामा २३.८ प्रतिशत बढी हो।
आयात बढ्दा व्यापार घाटा पनि बढ्दै गएको छ।
गएको वर्ष यो अवधिमा २२ प्रतिशत आयात बढेको थियो।
आयात बढ्दै जाँदा व्यापार घाटा पनि चुलिँदै गएको छ।
सो आयातमा भारतबाट भएको आयातमा २२ प्रतिशत छ भने चीनबाट ३७.८ प्रतिशत र अन्य मुलुकको २०.८ प्रतिशतले वृद्धि भएको छ।
पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ।
भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
— नागरीक
FACEBOOK COMMENTS