काठमाडौं, भदौ १८ – महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ ।
भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।
मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।
FACEBOOK COMMENTS