काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड १९ को संक्रमण बढेसँगै आफू सचेत बानी व्यवहार सुधार्न अनुरोध गरेको छ ।
मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले धेरैले मलाई केही हुँदैन र बाहिरबाट आउनेलाई मात्र कोरोना हुन्छ भन्ने सोच त्याग्नुपर्ने बताएका छन् ।
डा गौतमले कोरोनाको जोखिम सबैमा हुनसक्ने बताउँदै स्वास्थ्य समस्या र दीर्घरोगीलाई मात्र कोरोना हुन्छ भइहाले पनि केही पनि हुँदैन भनेर नसोच्न आग्रह गरेका छन् ।
कोरोना संक्रमणले धनी, गरिब, बूढो, तन्नेरी र केटाकेटी छुट्याउँदैन मबाहेक जसलाई पनि कोरोना भाइरस हुन सक्छ भनेर त्यसअनुसार व्यवहार गनुपर्ने डा गौतमले बताए । उनले धेरैले आफ्नो साथीभाइ, आफन्त तथा चिनजानको मानिसमा कोरोना हुँदैन र उनीहरुसँग भेट्दा मास्क लाउनु नपर्ने र दुरी कायम गर्नुपर्दैन भन्ने सोचाइले संक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS