काठमाडौं । चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम बुझाउने आज अन्तिम दिन रहेको छ । आयकरमा लाग्ने करको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने आज चैत ३१ गते चैत मसान्त हो ।
आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।
यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न पनि विभागले आग्रह गरेको छ । विभागले चैत मसान्तसम्म दोस्रो किस्ताबापतको कर नबुझाएमा ब्याज सहित जरिवना लाग्ने समेत सूचनामा उल्लेख गरेको छ।
FACEBOOK COMMENTS