काठमाण्डौं– अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य धेरै घट्दा पनि नेपालमा भने थोरै मात्र घटने गरेको छ ।
आयल निगमले पछिल्लो समय पेट्रोलको मुल्य २ रुपैका दरले घटाएको छ ।
प्रतिलिटर पेट्रोलमा २ रुपैयाका दरले घटाएर अहिले १ सय ८ रुपैयामा विक्री भइरहेको छ ।
आयले निगमले यसरी थोरै थोरै मात्र तेलको मुल्य घटदा उपभोक्ता भने मर्कामा परेको छन ।
मुल्य एकैचोटी ठुलो परिणाममा घटाउँदा फेरी वढेको बेला धेरै वढाउन पर्ने भएकाले अहिले थोरै घटाउने र पछि वढ्दा पनि थोरै मात्रै बढाउने गरेको आयल निगमका कार्यकारी निर्देशक शुशिल भटराईले बताए ।
तर जनसरोकार केन्द्र्र नेपालका अध्यक्ष राम बाबु गुरुङले अन्तराष्ट्रिय बजारमा मुल्य घट्दा समेत समायोजन नगरिदिदाँ जनतालाई शोषण भएको बताए ।
भारतीय आयल निगम सगँको इन्धन व्यापार सम्झौता अनुसार हरेक १५ ÷ १५ दिनमा अन्तराष्ट्रिय बजारको आधारमा पेट्रोल र डिजेलको मुल्य समायोजन गरिन्छ ।
नेपालमा हरेक दिन करिब पेट्रोल १५ लाख लिटर ,डिजेल ५५ लाख र मट्ठितेल ७० हजार लिटर खपत हुनेगरेको छ ।
नेपाल आयल निगम अहिले साढे ३ अर्ब रुपैया नाफामा छ ।
FACEBOOK COMMENTS