काठमाडौं, चैत २ –निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ लाई प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।प्रशंसकहरुको उत्साहजनक प्रतिक्षालाई कम गर्नका लागि अहिले फिल्मबाट आलिया भट्टको लूकलाई सार्वजनिक गरिएको छ ।
आलियाको जन्मदिनमा उनको उक्त लूक सार्वजनिक गरिएको हो ।यो फिल्ममा आलियाले सीताको भूमिकामा निर्वाह गरिरहेकी छिन् ।उक्त लूक ुापैवसनक गर्ना साथ प्रशंसकहरुको प्रतिक्रिया पनि आउन थालिसकेको छ ।फिल्ममा साउथका सुपरस्टार जूनियर एनटिआर र राम चरण जस्ता दिग्गज कलाकार छन् भने फिल्ममा अभिनेत्री आलिया भट्टको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
आरआरआरमा आलियाको फर्स्ट लूक निकै भव्य छ ।आलिया भट्टको फर्स्ट लूक आउनासाथ सामाजिक सञ्जालमा प्रतिक्रियाहरु धेरै आएका छन् ।उक्र लूक सार्वजनिक भएको भएको १५ मिनेट भित्र ७० हजार भन्दा धेरै मानिसले आलियाको लूकलाई लाइक गरेका छन् ।आलिया यो लूकमा उनी भारतीय परप्मरागत गेटअपमा अति नै सुन्दर देखिएकी छिन् ।उनी रातो प्रिन्टेड ब्लाउजमा हरियो साडीमा देखिएकी छिन् ।त्यस्तै नाकमा सानो रिङ, निधारमा टिका, घुम्रिएको कपाल र त्यसमा गजरा लगाएको पारम्परिक झलक प्रस्तुत गरेकी छिन् ।
FACEBOOK COMMENTS