काठमाडौं, भदौ १५ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।
उक्त सभाले आर्थिक वर्ष ०७५÷०७६ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।
चुक्ता पूँजी १ करोड ३८ लाख ८० हजार ८ सय रहको संस्थाले आव. ०७५/०७६ मा रु. ६६ लाख १३ हजार दुईसय पाँच खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले अघिलो आर्थिक वर्ष ०७४/०७५ मा यस्तो नाफा २९ लाख २२ हजार ८१ रुपौया कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा १२६.३२ प्रतिशतले वृद्धि हो ।
FACEBOOK COMMENTS