काठमाण्डौँ — कतार च्यारिटीले वरिष्ट आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ।
उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टटयाक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो।
बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे।
नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरे।
च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ।
लामोसमयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे।
यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए। बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।
डेढ बर्षदेखि नेपालमा काम थालेको कतार च्यारिटी अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक हो।
FACEBOOK COMMENTS