मदन तिमल्सेना,
तनहुँ , ०१ कार्तिक -तनहुँको ब्यास नगरपालिका वडा नम्बर ३ निवासी डा. भोला श्रेष्ठ र डा. ईलिसा श्रेष्ठले व्यास ५ मा रहेको वेदब्यास ज्येष्ठ नागरिक आश्रमलाई नगद सहयोग गरेका छन्।
आफ्नो स्वर्गिय आमा जुठिमायाँ श्रेष्ठको बार्षिक पुण्य तिथिको अवसरमा स्वर्गिय आमाको सम्झनामा तीस हजारको चेक र खाद्यान्न वेदब्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गरे । डा. श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यसरी सहयोग गर्दा आफुहरुलाई आत्मा सन्तुष्टि समेत मिल्ने बताए ।
वेदब्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले डाक्टर श्रेष्ठ दम्पतीले यस्तो कोभिड १९ महामारीको अवस्थामा पनि सहयोग गरेकामा श्रेष्ठ दम्पत्ती प्रती आभार प्रकट गरिन ।
FACEBOOK COMMENTS