काठमाडौं, माघ ७ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको ४ दिने भर्चुअल १४औं इक्यान मेला सम्पन्न गरेको छ । कोभिडको महामारीका कारण भर्चुअल रुपमा आयोजना गरिएको मेलामा ४५ हजार विद्यार्थी र अभिभावक सहभागी भएको इक्यानले जानकारी दिएको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोभिडको समयमा उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन मेला सफल भएको बताए । उनका अनुसार मेलामा उल्लेख्य सहभागिताले भर्चुअल माध्यम पनि मेलाका लागि प्रभावकारी विकल्प बन्न सफल भएको छ ।
मेलामा १०० भन्दा बढी इक्यानका सदस्य परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी थिए । मेलामा विद्यार्थी तथा अभिभावकहरुले उच्च शिक्षाका लागि गन्तव्य विभिन्न देशहरुले कोरोनापछि लिएको नीतिका विषयमा जानकारी प्राप्त गरेका थिए ।
मेलामा विद्यार्थी तथा अभिभावकले विभिन्न देश, त्यहाँका विश्वविद्यालय तथा कलेजका साथै कोर्स, त्यसका लागि लाग्ने शुल्क, छात्रवृत्ति, भिसा प्रोसेसिङ्ग लगायतका विभिन्न जानकारी लिएका थिए ।
शैक्षिक मेलाको प्रिजेन्टरमा ब्रिटिस काउन्सिल थियो भने इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन थिए ।
FACEBOOK COMMENTS