काठमाडौं, वैशाख ३० । नेपालले इजरायल र प्यालेन्सटाइनलाई शान्तीको आह्वान गरेको छ । यतिबेला इजरायल र प्यालेस्टाइनको हमास समूहबीच तनाब बढिरहेको छ ।
गएराती मात्रै प्यालेस्टाइनतर्फबाट इजरायलतर्फ १८० भन्दा बढी रकेट प्रहर भएका थिए । इजरायलले प्यालेस्टाइनको हमास समूहलाई लक्षित गर्दै हवाई हमला गरेपछि तनाब चर्किएको हो ।
तनाब उत्कर्षमा पुगेपछि नेपालको परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै थप क्षती र विध्वशं हुन नदिन ससंयमता अपनाउन भनेको छ । थप लेखिएको छ, ‘दुवै पक्षले अधिकतम संयमता अपनाएर शान्ती कायम राख्न आह्वान गदर्छौं ।’
केही दिन अघि जेरुसलेमको अल–अक्सा मस्जिदमा भएको झडपयता हिंसा भड्किएको छ ।
FACEBOOK COMMENTS