काठमाण्डौँ – अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आबद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराए ।
शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।
विदेशी मुद्रालाई अपचलन नहुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पारे ।
FACEBOOK COMMENTS