काठमाण्डौँ — नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राखेको छ ।
भारतीय आयल निगम (आइओसी)ले पठाएको मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेपनि नेपालमा मूल्य यथावत् राख्ने निर्णय गरिएको हो ।
अप्रिल १६ मा पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ४३ पैसा र डिजेलमा प्रतिलिटर ०।७२ पैसा बढेर आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
उनले हाललाई इन्धनको मूल्य यथावत् राख्ने निर्णय भएको जानकारि दिए ।
निगमले डिजेल र पेट्रोलको मूल्य बढेको जनाए पनि अन्य हवाई इन्धन र मट्टितेलमा भने मौन छ।
मूल्यसूची पनि सार्वजनिक गरिएको छैन।
— कान्तिपुर
FACEBOOK COMMENTS