![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – नेपाल आयल निगमले गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेर सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरेर बिक्री गरेबापत निगमले आर्थिक वर्ष २०७४/७५ मा ५५ अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाएको हो ।
आर्थिक वर्ष २०७३/७४ मा निगमले ४७ अर्ब राजस्व बुझाएको थियो ।
यो वर्ष इन्धनको कारोबार बढेसँगै निगमले सरकारलाई २० प्रतिशत बढी राजस्व तिरेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
इन्धनको कारोबार बढ्न गएकाले अघिल्लो वर्षको तुलनामा ८ अर्ब बढी राजस्व तिर्न सफल भएको उनको भनाइ छ ।
– कारोबार
FACEBOOK COMMENTS