काठमाडौं, मंसिर ३० – युरोपेली संघ इयू र बेलायतले (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् । ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरूलाई व्यापार वार्ता टुंगो लगाउनु पर्ने बाध्यता छ ।
तर अझै पनि केही जटिल मानिएका मुद्दाको समाधान हुन सकेको छैन । युरोपेली संघ ईयूकी अध्यक्ष उर्सुला भोन डेर लायन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको’ बताउनु भएको छ ।
यो साता बेलायती प्रधानमन्त्री जोनसनले ब्रसेल्स पुगी ईयू नेतृत्वसँग समस्यालाई समाधान गर्न पहल गर्नुभएको थियो । प्रधानमन्त्री जोनसन र लायनबीच भएको पछिल्लो सम्वादपछि वार्तालाई निरन्तरता दिने सहमति बनेको हो ।।
FACEBOOK COMMENTS