काठमाण्डौँ — उखु किसानले सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् ।
सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान र गत वर्ष उद्योगीले उखु क्रसिङको बक्यौता नदिएपछि किसान आन्दोलनमा उत्रेका हुन् ।
६ देखि ८ फागुनमा ११ वटा सडक आन्दोलन गरी पूर्वपश्चिम राजमार्ग बन्द गर्ने कार्यक्रम रहेको नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
८ फागुनसम्ममा उखु किसानका माग पूरा नगरे पूर्वपश्चिम राजमार्ग अनिश्चित कालका लागि सडक आन्दोलन गर्ने बताए ।
बाँकी बक्यौता र सरकारले किसानलाई छुट्याएको अनुदान तत्काल दिनुपर्ने मुख्य माग रहेको मैनालीले बताएका छन् ।
आन्दोलनमा रौतहट, सर्लाही धनुषा, महोत्तरी र सिराहा जिल्लाका किसानको सहभागिता हुने उनले बताए ।
— राजधानी
FACEBOOK COMMENTS