काठमाण्डौँ – उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
अन्तर्रा्ष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १० औँ स्थानमा उक्लिएको छ ।
प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ ।
FACEBOOK COMMENTS