चीनबाट ल्याइएका समान समयभित्रै नेपाली बजारमा ल्याउन नसक्दा उत्तरी सीमा नाकाप्रतिको विश्वास नै उठ्न थालेको व्यवसायीहरूले बताएका छन्।
ल्हासास्थित महावाणिज्यदूतको कार्यालयले खासा र केरुङ नाकामा गरेर झन्डै दुई सय सामान भरिएका ट्रक नेपाल आउने पालो पर्खिरहेको बताएको छ।
तर अझै धेरै सामान चीनतर्फ गोदाममै रहेकाले त्यस्ता अड्किएको सामान थप कयौँ दर्जन कन्टेनरसरह हुने नेपाली व्यापारीहरूले बताएका छन्।
दशैँ लक्षित सामानहरू समयमै ल्याउनका लागि पहल गरिए पनि दैनिक एक दर्जन हाराहारीमा मात्र दुवै जसो नाकाबाट ट्रकहरू छुटेकाले धेरै सामानले अब दशैँ बजार पछी मात्र भेट्न पाउने बताइएको छ।
चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्। चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।
सीमित कन्टेनरबाट हुने आयातका कारण सामान भित्रिन महिनौं लाग्ने सम्बन्धित भन्सारका अधिकारीहरु बताउँछन् । उत्तरी नाकाको विश्वास गुम्दै गएपछि व्यवसायीहरु आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेका छन् ।
FACEBOOK COMMENTS