काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे ।
शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकले नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
FACEBOOK COMMENTS