काठमाडौं, माघ २ – नेपाल सरकारद्वारा संचालिन उदयपुर सिमेण्ट उद्योगका नवनियुक्त महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले आज पदभार ग्रहण गर्नुभएको छ । उद्योगमा पुगी महाप्रवन्धक न्यौपानेले आज एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको हो । उद्योगले दुई बर्ष पछि बल्ल नयाँ महाप्रबन्धक पाएको हो ।
यसपटक उद्योग मन्त्रालयले महाप्रबन्धक पदको लागि परेका दरखास्तहरुको मूल्याङ्कन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरि लोकसेवा आयोग मार्फत जाँच गरिएको थियो । व्यवसायीक कार्य योजनाको प्रस्तुतीकरण गराउँदा विज्ञको रुपमा रामेश्वर खनाल लगायत पूर्व सचिवहरुलाई समेत मूल्यांकनकर्ताको रुपमा राखिएको थियो । त्यसैगरी पदाधिकारी नियुक्ति सम्बन्धि निर्देशिका अनुसार अनुभव र थप शैक्षिक योग्यताको समेत अंक दिंदा उत्कृष्ट ठहर भएका तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस हुंदा गोपीकृष्ण न्यौपानेको नाम एक नंबरमै थियो ।
यसरी छनौटको प्रक्रिया पूरा गरि नियुक्ति भएका महाप्रबन्धक न्यौपानेले आज उद्योगमा पदभार ग्रहण गर्दै सबैभन्दा पहिला कच्चापदार्थ, पेकिंग मेटेरियल्स, मर्मतसम्भार लगायतका कुराहरुमा ध्यान दिई पूर्ण क्षमतामा उद्योग संचालन गर्ने, थप क्षमता वृद्धिको लागि अध्ययन गराउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने, लागत कम गर्ने उपायहरुको खोजी गरि अन्य उद्योगहरुसँग प्रतिष्पर्धी बनाउने मूख्य योजना रहेको जनाएका बताउनुभएको छ ।
FACEBOOK COMMENTS