काठमाण्डौँ — साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुच, गुणस्तर सुधार तथा शीप विकासका लागि सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् ।
आर्थिक सहयोग तथा विकासका लागि संगठनको दक्षिण पूर्व एशिया हेर्नुहुने साना तथा मझौला व्यवसाय सम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्कीको उपस्थितिमा घरेलु, साना तथा मझौला उद्योगको विद्यमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरूले यस्तो जोड दिएका हुन ।
ओइसीडी जस्ता अन्तराष्ट्रिय सस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताएका थिए ।
कार्यक्रमको प्रारम्भमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठूलो महत्व रहेको बताए ।
FACEBOOK COMMENTS