काठमाडौं – उद्योग वर्ष घोषणा गरेको प्रदेश ३ लाई पहिलो गाँसमै ढुंगा लागेको छ। पहिलो वर्षलाई उद्योग वर्ष मनाउन कच्चा पदार्थ र दक्ष कामदार अभाव, सीमित औद्योगिक बजारलगायत एक दर्जन चुनौती छन्।
एक सय १९ स्थानीय तह भएको प्रदेश ३ ले उच्च उत्पादन लागत, उद्योग स्थापनाका लागि जग्गा प्राप्तिमा चुनौती, रुग्ण उद्योग पुनर्स्थापना, अन्तर्राष्ट्रिय बजारको मागअनुसार ठूलो परिणाममा उत्पादन, बाह्य लगानी र प्रविधिको प्रयोग र प्रदूषण नियन्त्रण गर्नुलाई चुनौतीको रूपमा विश्लेषण गरेको छ।
नेपालका ११ औद्योगिक क्षेत्रमध्ये प्रदेश ३ मा चारवटा छन्। प्रदेश ३ को नीति तथा योजना आयोगले बनाइरहेको आवधिक योजना आधारपत्र तर्जुमाका क्रममा सबै स्थानीय तहलाई ‘ब्रिफिङ’ गर्दै विज्ञ डा. गोविन्द नेपालले मंगलबार भने, ‘प्रदेश ३ ले पहिलो वर्षलाई उद्योग वर्षका मनाउने घोषणा गरेको छ तर मुख्य ६ वटा चुनौती चिर्नुपर्ने देखिन्छ जुन सहज छैन।’
उद्योग वर्षका लागि प्रदेश सरकारले औद्योगिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार र व्यवस्थापनका लागि संघीय सरकारसँग सहकार्य गर्ने र निजीक्षेत्रलाई प्रोत्साहन गर्न उद्योग क्षेत्रमा पहुँचमार्ग, विद्युत् लाइन र सञ्चार सञ्जालको विस्तार गर्ने भएको छ।
– अन्नपुर्ण पोष्ट
FACEBOOK COMMENTS