काठमाण्डौं, २२ कार्तिक – उद्योगी रुपज्योतीको गिरफ्तारी प्रति चेम्बरले आपत्ति जनाएको छ । चेम्बरले शुत्ररवार प्रेस विज्ञप्ति जारी गर्दै ज्योतीको गिरफ्तारीले नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ज्योतीको गिरफ्तारी अन्यायपूर्ण रहेको औंल्याउदै अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा देशमा ठुला लगानी गरेको र नियमित रुपमा उल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिदा सम्पुर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने चेम्बरले उल्लेख गरेकोे छ ।
महानिर्देशक कैलाश कुमार वजिमयद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपुर्ण योगदान पु¥याउँदै आउनु भएका वरिष्ठ उद्योगपति तथा व्यवसायी श्री रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफकमर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।े अपराध नै प्रमाणित नभई केवलउजुरीको भरमा, आफ्नो भ्रमण पुरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट श्री रुपज्योतीलाई उहांकी छोरी सुरुची सहित पक्राउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको छ ।’
साथै उक्त विज्ञप्तिको दोस्रो अनुच्छेदमा भनिएको छ ‘देशमा ठुला लगानी गरेको र नियमित रुपमा उल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिदा सम्पुर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जानेछ । कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी÷व्यवशायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बर सम्बन्धित निकायसँग विशेष अनुरोध र आग्रह गर्दछ ।’
FACEBOOK COMMENTS