काठमाडौं, कार्तिक २४ – नेपाल उद्योग बाणिज्य महासंघको विशेषसाधारण सभा स्थगित भएको छ । बिधान संसोधन मुख्य एजेन्डा राखेर महासंघले कात्तिक २९ गतेका लागि बिशेष साधारणसभा डाकेको थियो ।
शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले प्रकृया पूरा नगरि विधान संशोधन अघि बढाइएको भन्दै आएको फरकमतलाई आधार मानेर विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघको विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालको अध्यक्षतामा बसेको बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो । त्यसलाई आइतबार चार बजे बस्ने स्थायी समितिले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ ।
साधारणसभा स्थगित हुने भएपछि गोल्छा अध्यक्ष बन्ने पक्का भएको हो।विधान संसोधन समितिले बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विधानलाई निरन्तरता दिने प्रस्ताव ल्याएकाले विशेष साधारणसभाको कुनै औचित्य नभएको समितिका सदस्यले बताए। बाँकी अन्य बिषयलाई चैतमा हुने नियमित साधारणसभामा सम्बोधन गरिने छ ।
FACEBOOK COMMENTS