अन्जनराज न्यौपाने
तनहुँ, माघ ८ -गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘यूके सूइटर’ दमौलीमा प्रदर्शन हुने भएको छ । गुरुङ संस्कार संस्कृति र परम्परागत मूल्य र मान्यतालाई अक्षुण राख्ने उद्देश्यले उक्त चलचित्र निर्माण पश्चात प्रदर्शनमा आउन लागेको हो। सो चलचित्र दमौली स्थित उद्योग वाणिज्य संघको सभा हलमा शनिबार प्रदर्शन गर्ने तयारी गरिएको संयोजक गल गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।चलचित्र प्रदर्शनीका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यूकेको सुईटरका निर्देशक गुञ्ज बहादुर गुरुङले गुरुङ संस्कार र संकृतिको संरक्षणका लागि यस चलचित्रले सन्देश दिने बताए ।विशेषगरी गुरुङ , मगर,ठकुरी समुदायका र केही मात्रामा क्षेत्री, बाहुनहरु पनि बिर्टिस आर्मीमा जागिर खादा भोगेको दुख र अनुभवलाई चलचित्रको कथामा समेटिएको छ।
फिल्ममा गुरुङ संस्कार अनुसार कौडा नाच्ने, रोधी बस्न जाने, गाउँले परिवेशमा हुर्किएकी गुरुङ समुदायकी सोझी चेलीले कौडा नाच्दा आफ्नो पछयौरीरी हिरोलाई दिएको र बेलुका रोधी बस्ने बेलामा लाहुरेले यूकेबाट ल्याएको सूइटर सो केटीलाई चिनो दिदा माया बस्न गएको विशुद्ध प्रेमकथामा आधारित कथानक चलचित्र यूके सूइटरले समाजका विकृति ,विसंगति र कुरीतिहरुलाई उजागर गर्ने निर्माण पक्षको दाबी छ । चलचित्रमा रोशन गुरुङ, रिया गुरुङ, डिबी गुरुङ, बिपिना गुरुङ, टिकाराम घले, सीता गुरुङ, कमलादेवी गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
उक्त चलचित्र मेजर एल.बी. गुरुङ, गौबहादुर गुरुङ, धनमाया गुरुङ र रनमाया गुरुङले निर्माण गरेका छन् भने गुञ्जन बहादुर गुरुङले निर्देशन गरेका हुन्।करिब २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको कथावस्तु लाहुरे, गाउँवेसी र गुरुङहरुको कला र संस्कृतिमा आधारित रहेको संयोजक गल गुरुङले बताए ।
FACEBOOK COMMENTS