काठमाण्डौं– नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले व्याजदर वृद्धि नरोकिए आन्दोलनमा जान बाध्य हुने बताएको छ ।
विषेश गरी निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुले स्वेच्छाचारी ढंगले व्याजदर वृद्धि गरेकोले संघले विरोध गरेको हो ।
नेपाल उद्योग वणिज्य महासंघ तथा अन्य व्यवसायिक संघसंस्थाहरुले अगाडी सारेका विरोधका कार्यक्रमा पनि एक्येवद्धता जनाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको चर्को व्याजदर वृद्धिलाई तत्काल रोकी चालु आर्थिक वर्षमा बढाएर असुल गरिएको रकम समेत सम्बन्धीत ऋणीको खातामा जम्मा गर्न बैंकहरुलाई ध्यानाकर्षण गराएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुको व्यवसाय विशेष व्यवसाय भएको र यस व्इवसायमा निजी लगानी प्रवेश संगै विकासित विभिन्न वित्तय सुविधाहरु प्रदान गरेको प्रशसा गर्दै बैंकहरु बीच स्वच्छ प्रतिस्पर्धा र सुलभ सेवाको अपेक्ष गरेको संघले जनाएको छ ।
नेपाल उद्योग वणिज्य संघ काठमाण्ण्डौले विज्ञप्ती जारी गर्दै निक्षेप र ऋणमा २ प्रतिशत भन्दा बढी हुन नपाईने व्यवस्था गर्न नियमक निकाय संग माग गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले ५ बुँदे माग राख्दै विज्ञप्ती जारी गरेका छन् ।
FACEBOOK COMMENTS