काठमाडौं, वैशाख ७ – अस्पतालहरुले बिरामीका लागि उपयुक्त बेड र उपचारको सुनिश्चितता नगरी अन्य अस्पतालमा बिरामी रिफर गर्न नपाउने भएका छन् ।
अस्पताल चाहार्दाचाहार्दै विरामीको मृत्यु भएको घटनाहरुलाई लक्षित गरी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति योजना तथा अनुगमन महाशाखाले एक सूचना जारी गर्दै सम्बन्धित बिरामीका लागि बेड र उपचारको सुनिश्चित गरी आकस्मिक उपचार गरेर मात्रै रिफर गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाईप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्देशन दिएको हो ।
‘कुनै पनि अस्पतालमा आईपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्था गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ,’ सूचनामा भनिएको छ ।
FACEBOOK COMMENTS