काठमाडौं, बैशाख २४ – उपचारपछि निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण देखिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एकरएक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।
एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।
उनको पाटन अस्पतालमै उपचार भइरहेको छ भने रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पताल उपचार भैरहेको छ ।
FACEBOOK COMMENTS