काठमाडौं, वैशाख ३० – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा बिहीबार ४,३३४ जना संक्रमित थपिएका छन् । बिहीबार काभ्रेपलाञ्चोकमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा ३१, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७ जना, सिन्धुपाल्चोकमा ७४ र सिन्धुलीमा ४५ जना संक्रमित थपिएका छन् ।
बिहीबार देशभर कोरोना भाइरसका ८ हजार ९६० जना संक्रमित थपिएका छन् भने २१४ जना संक्रमितको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS