काठमाडौं : काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेमा काठमाडौंमा ४ पुरुष र २ महिला, भक्तपुरमा १ पुरुष र ललितपुरमा १ पुरुष गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको हो। विभिन्न अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।यस्तै सोमबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ भने २९ जनाको मृत्यु भइसकेको छ।३ हजार १३४ जनाले कोरोना जितेर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS