काठमाडौं, जेठ १९ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS