काठमाडौँ, भाद्र १ — प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ५२० को पीसीआर परीक्षण भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ ।
FACEBOOK COMMENTS