काठमाण्डौँ — काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्दै सरकार समक्ष प्रस्ताव लैजाने भएको छ।
सोमवार महानगरपालिकाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता इश्वरमान डंगोलले प्राधिकरण खारेजीको प्रस्ताव अघि बढाइने बताए।
उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा। भाइकाजी तिवारीले गत हप्ता महानगरपालिकालाई एक पत्र पठाई महानगरले हालै पारित गरेको भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड प्राधिकरणले निर्धारण गरेको मापदण्ड भन्दा फरक भएकोले त्यसलाई सच्याउनुपर्ने भन्दै अन्यथा महानगरलाई कारवाही गर्नुपर्ने राय व्यक्त गरेका थिए।
तिवारीको अभिव्यक्तिपछि महानगरले पत्रकार सम्मेलन गरेर जवाफ दिएको हो।
— नागरीक
FACEBOOK COMMENTS