काठमाडौं, वैशाख २०- तोकिएकोभन्दा कम तौल राखेर उपभोक्ता ठग्ने चितवनको नेपाल वेलहोप एग्रो टेक प्राली कारबाहीमा परेको छ ।
एग्रोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित विजय ब्राण्डको पेलेट दाना उत्पादन गर्दै आएको छ ।
एग्रोले उत्पादन गर्ने दाना तोकिएको परिणामभन्दा कम तौलका दाना बजारमा पठाउँदै आएको थियो । बजार अनुगमनका क्रममा तोकिएको तौलभन्दा कम तौल पाइएपछि विभागले कम्पनीलाई कारबाही गरेको हो ।
भरतपुरका कुखुरा पालक किसान मनोज बोहोराले किनेको कम्पनीको ५० किलो बोराको दाना तौलभन्दा कम पाइएको थियो । सोहीकारण, उनले विभागमा उजुरी गरेपछि कम्पनी कारबाहीमा परेको हो ।
विभागले उक्त कम्पनीलाई तीन लाख रुपैयाँ नगर जरिवाना गरेको हो ।
FACEBOOK COMMENTS