काठमाडौं, १२ मंसिर- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय महाधिवेशन माझ नेतृत्व चयनका लागि हुन गईरहेको निर्वाचनमा वस्तुगत उपाध्यक्ष तर्फका उम्मेदवार उमेशलाल श्रेष्ठको पक्षमा स्पस्ट बहुमतको संकेत देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय अधिवेशनको अवसर पारेर वस्तुगत संघद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रम माझ वस्तुगत संघ सम्बद्ध विभिन्न संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितीले सो कुराको पुस्टि गरेको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि नागपोखरी स्थित मेरियट होटलमा आयोजित सो कार्यक्रममा मतदान अधिकार प्राप्त संघका करिब ८० पदाधिकारीहरुको उपस्थिती रहेको थियो । दिउँसो देखि साँझसम्म गरेर पालैपालो गर्दै करिब ५०० हाराहारी उद्योगपति एवम् व्यवसायीहरु मेरियट पुगेका थिए ।
मेरियट पुगेका संघका अधिकांश अध्यक्षहरुले उमेशलाल पक्षमा समावेशी, दक्ष अनुभवी र नेतृत्व दिन सक्ने क्षमता भएकाहरु उम्मेदवार रहेकोले जित सुनिस्चित रहेको औल्याउदै यस समुहलाई मत दिने वचनबद्धता प्रकट गरेका थिए । साथै उनीहरुले श्रेष्ठको स्पस्ट सोच एवम् कार्यनीति र अडिगपनाले वस्तुगत संघका समस्या समाधानमा कोशेढुङ्गा साबित हुँने र महासंघमा रहेर समग्र निजी क्षेत्रको उन्नयन र विकासमा उनले पुर्याएको योगदान उच्च रहेको भन्दै तारिफ समेत गरेका थिए ।
वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार उमेश लाल श्रेष्ठले एक पटक आफु सहित आफनो सम्पूर्ण प्यानल सदस्यहरुलाई निर्वाचित गराएर पठाउन आग्रह गर्दै आफु विजयी भएर गए पछि वस्तुगत संघ र निजी क्षेत्रका अन्य समस्यालाई हल गर्न विगतमा जस्तै दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । श्रेष्ठ चन्द्र प्रसाद ढकाल समुहबाट निर्वाचन लडदै छन् ।
५३ औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित भएका श्रेष्ठले हाल पनि वस्तुगत संघको नेतृत्व गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको भोलि हुने वस्तुगत तर्फको निर्वाचनमा अत्याधिक मतका साथ उमेशलाल श्रेष्ठ पुन: निर्वाचित हुने आँकलन हुँदै आएको छ परिप्रेक्ष्यमा विभिन्न संघका अध्यक्षहरुले आजको उपस्थिती, समर्थन र वचनबद्धताले आफु र समुहका सदस्यहरुमा उत्साह थपिएको श्रेष्ठले बताएका छन् । श्रेष्ठले आफ्नो गत कार्य सफल भएको दाबी पेश गर्दै आउने कार्यकालमा पनि मतदाताहरुलाई आफुले निराश नबनाउने प्रतिबद्धता दोर्याएका थिए ।
FACEBOOK COMMENTS