काठमाडौं, २१ मंसिर – बजारमा अस्वभाविक उतारचढाव आएपछि मिनी संसद मानिने अर्थ समितिले यस बारेमा चासो देखाएको छ । समितिले यस बारेमा कुरा गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई डाक्ने तयारी गरेको छ । यसबाहेक अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई पनि समितिले डाक्दैछ ।
बजार बढ्न थालेदेखि नै अर्थ समितिले सरोकारवालाहरुसँग कुराकानी गर्न खोजेको थियो । लगानीकर्ताले राष्ट्र बैंकको नीतिमा स्थिरता नदेखिएको भन्दै आलोचना गरेका छन् । यसमा अर्थ समितिको पनि समर्थन छ । कुनै पनि नीति नियम बनाएपछि कम्तिमा १ वर्षसम्म स्थिर हुने बनाउनु पर्ने हो,ु दहालले भने, ६ महिना पनि नपुग्दै परिवर्तन गर्ने नियमले कुनै पनि क्षेत्रमा स्थायित्व आउँदैन ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठले सेयर बजारको बारेमा मन्त्रालयले सुक्ष्म अध्ययन गरिसकेको बताए । दीर्घकालीन हित हुने नीति नियम बनाउनका लागि धितोपत्र बोर्डसँग नियमित छलफल गरिरहेको बताए ।
FACEBOOK COMMENTS