काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सबै पदाधिकारीहरु एकठाउँमा पत्रकार सम्मेलन माफर्त कात्तिक २९ गते हुने विषेश साधरण सभामा बरिष्ठ उपाध्यक्षलाई सोत अध्यक्ष बानाउन नहुनेमा एकमत देखिएको छ । यसमा बर्तमान अध्यक्ष भवानीराणाको उपस्थीतिले राणाको समेत सहमति रहेको पुष्टि भएको हो । अब बरिष्ठलाई सिधै अध्यक्ष बनाउने पक्षमा शेखर गोल्छा एक्लै परेकाछन् ।
महासंघका जिल्लारनगर उपाध्यक्ष किशोरकुमार प्रधान, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ र पुर्व बरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णिकारले संयुक्त पत्रकार सम्मेलन गरेर अध्यक्षमा निर्वाचन हुनेगरि विधान संशोधन हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा जिल्लारनगर उपाध्यक्ष प्रधानले सबैको समान अधिकारका लागि विधान संशोधन गर्न लागेको बताए । वस्तुगत उपाध्यक्ष श्रेष्ठले तीन वर्ष अघि भएको विधान संशोधनले राजतन्त्रको जन्म भएको बताए । उनले कात्तिक २९ गते हुने साधारणसभाले राजतन्त्र अन्त्य हुने बताउँदै विधान संशोधन आवश्यक रहेको धारणा राखे ।
राजकर्णिकारले अध्यक्षमा निर्वाचन हुने प्रणाली आवश्यक रहेको बताउदै संस्थामा राजकुमार शैली हटाउनुपर्ने बताए । उनले विधान संशोधन गरेर त्यही वर्षबाट अध्यक्षको निर्वाचन हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा विशिष्ट सदस्य चण्डीराज ढकाल , अध्यक्ष भवानी राणा , जिल्ला नगरका अध्यक्षहरु र कार्यकारणी सदस्यहरुको वाक्लो उपस्थीति थियो ।
FACEBOOK COMMENTS