काठमाडौं, कार्तिक ५ – नेपालका लागि एक्स.सी.एम.जी आधिकारिक बिक्रेता आई.डी.एम.सीले हालैमात्र एक कार्यक्रमकाबीच एक्स.इ.२१५ सी एक्साभेटर नेपालमा लन्च गरकोे छ ।
एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ । एक्साभेटर इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ भने मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको कम्पनीले जनाएको छ । एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको दावी रहेको छ ।
चीनको नं. १ कम्पनी एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी अन्तर्गत पर्दछ । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।
FACEBOOK COMMENTS