काठमाण्डौँ — भारतको बथानाहबाट एक महिनाभित्रै विराटनगरमा रेल आउने भएको छ ।
नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार निर्माणाधीन रेलमार्ग अनुगमन गर्यो ।
भारतको बथनाहादेखि विराटनगर महानगर–१८ स्थित बुधनगर भन्सार यार्डसम्म रेल चलाउन लागिएको हो ।
उक्त रेलमार्ग बथनाहादेखि कटहरीसम्मै पुर्याउने लक्ष्य छ।
जुन १८ दशमलव ६ किमि हुनेछ।
त्यसमध्ये ७ दशमलव ६ किमिको काम अन्तिम चरणमा पुगेकाले विराटनगरसम्म रेल आउने भएको विभाग महानिर्देशक बलराम मिश्रले बताए।
उनले निर्माण कम्पनीले कात्तिक १४ गते रेल ल्याउने तयारी गरेको बताए ।
उक्त रेलमार्गमध्ये ५ किमि भारतमा र १३ दशमलव ६ किमि नेपालतर्फ पर्छ।
— कान्तिपुर
FACEBOOK COMMENTS