काठमाडौं, २७ कार्तिक –रुपन्देहीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। एचआइभी पोजिटिभ रहेका ती पुरुषको उपचारको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार ४७ वर्षीय ती पुरुषलाई कात्तिक २० गते कोरोना पोजिटिभ देखिएको थियो। उनलाई उपचारका लागि २१ गते अस्पताल लगिएको थियो। ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएका ती पुरुषको बिहीबार बिहान ९ः१५ मा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
FACEBOOK COMMENTS