काठमाडौं, कार्तिक २६ -अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन) र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” को यहि नोभेम्वर १२देखि १५सम्म काठमाण्डौको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना गर्ने भएको छ ।
सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डको पनि सहयोग रहेको छ । ‘‘साझा सम्वृद्धिको लागि ऐकेवद्धता’’ भन्ने मुल नारा रहेको सम्मेलनमा विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता रहनेछ ।
सम्मेलनको समुद्घाटन उप–राष्ट्रपति नन्द बहादुर पुनबाट हुनेछ । “एचसिसी–एनका डिन प्रदीप कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै सम्मेलनका सहभागिहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । साथै फिकाकका अध्यक्ष डा. अकुट इकेन र परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले पनि सम्मेलनलाई संवोधन गर्नेछन् ।
सम्मेलनका सहभागीहरुले द्विपक्षीय तथा वहुपक्षीय सरोकारका विभिन्न क्षेत्रहरुमा गहन छलफल गरी ‘‘काठमाण्डौ घोषणा पत्र’’ जारी गरी कार्यक्रम समापन हुनेछ ।
FACEBOOK COMMENTS