काठमाडौं, पुस १८ – बैंकहरुले एटीएम मेसिनको सुरक्षाका लागि २४औं घण्टा सुरक्षा गार्ड राख्नु पर्ने बाध्यताको अन्त्य भएको छ । गत भदौंमा राष्ट्र बैंकले अनिवार्य रुपमा एटीएम बुथमा सुरक्षागार्ड राख्नु पर्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले बिहीबारदेखि सुरक्षा गार्ड राख्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो । यसअघि हरेक एटीएममा २४औं घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था थियो ।
हरेक एटीएममा सुरक्षा गार्ड राख्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंकहरुले मानेका थिएनन ।
सोही कारण अब सीसीटीभीमार्फत निगरानी बढाउने भन्दै राष्ट्र बैंकले यसअघिको निर्देशन खारेज गरिदिएको छ । बिहीबार जारी भएको भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निदेशिकामा उक्त व्यवस्था हटाइएको छ ।
गत भदौमा चिनिया नागरिकले नक्कली एटीएममार्फत रकम चोरी गरेपछि राष्ट्र बैंकले हरेक एटीएममा गार्ड राख्न निर्देशन दिएको थियो ।
FACEBOOK COMMENTS